गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबलका लागि बुल्समेन क्लबको सहयोग
पाेखरा | असार १०, २०८२
पोखरा: शारिरीक सुगठन खेलमा नेपालकै चर्चित क्लब बुल्समेन कलबले पहिलो पटक पोखरामा हुन लागेको गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताका लागि सहयोग गरेको छ ।
क्लबका संस्थापक एवं समाजसेवी इश्वर गुरूङले कलबको तर्फबाट सो नगद प्रदान गरेका हुन् । क्लबका अध्यक्ष नुना गुरूङ, क्लबका वरिष्ठ सल्लाहकार सन प्रसाद गुरूङ, सचिब उदिम गुरूङले गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकलाई नगद रु ५० हजार हस्तान्तरण गरे ।
क्लवका संस्थापक इश्वर गुरूङले यस अघि बुल्समेन क्लबको अक्षयकोष स्थापनार्थ नगद रु १ लाख प्रदान गरेका थिए ।
रकम ग्रहण गर्दै अध्यक्ष पाठकले क्लबका संस्थापक इश्वर गुरूङ, क्लबका अध्यक्ष नुना गुरूङ, सचिब उदिम गुरूङ, वरिष्ठ सल्लाहाकार सन प्रसाद गुरूङलगायत बुल्समेत परिवार प्रति आभार प्रकट गर्दै सो सहयोग गण्डकीको यूवा खेलाडी उत्पादनका लागि महत्वपूर्ण हुने जनाए ।
रकम हस्तान्तरण कार्यक्रममा गण्डकी ह्याण्डबल संघकी उपाध्यक्ष शान्ती थापा वैद्य, कार्यसमिति सदस्य विष्णुमाया गुरूङ, कास्की ह्याण्डबलका अध्यक्ष चित्र बहादुर थापालगायतको उपस्थिती रहेको थियो ।
क्लबले सो रकम प्रदान गरे संगै यहि असार १२ गते देखि १४ गते सम्म पोखरा रंगशाला सञ्चालन हुने प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको बुल्समेन क्लब सहप्रायोजकको रुपमा रहने आयोजक ह्याण्डबल संघले जनाएको छ ।
सो प्रतियोगिता प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक सहयोगमा हुनेछ । महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता करिव चार वर्ष पछि हुन लागेको हो । प्रतियोगितामा दुई विभागिय टोलीसहित ६ प्रदेश गरी ८ टिमको सहभागिता हुनेछ ।
२०६९ सालमा पोखरामा गठन भएको बुल्समेन क्लबले हरेक दुई वर्षमा शारिरिक सुगठन प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । चौथो संस्करणको प्रतियोगिता सम्पन्न गरिसकेको क्लबले अब चाँडै नै पाँचौ सस्करणको प्रतियोगिता गर्ने तयारीमा रहेको छ ।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...
पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ । जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो । जातीय भेदभाव...
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

